इलाममा परालको कुन्यूमा आगलागी: एक जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर/ इलामको माई नगरपालिका–२ रातेखाडीस्थित परालको कुन्यूमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आगलागीमा परालसँगै जलेर देउमाई नगरपालिका–४ मङ्गलबारे निवासी ४३ वर्षीय तिलबिक्रम शिवा (जो dipak भनेर चिनिन्थे) को मृत्यु भएको हो।

गएराति करिब ९:४५ बजेको समयमा माई–२ रातेखाडीका ठकबहादुर लिम्बूको घर नजिकै रहेको परालको कुन्यूमा अचानक आगलागी भएको थियो।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएको थियो। घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउने प्रयास गरिएको थियो। तर राति करिब १२:३० बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]