सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्ने आदेश

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर / सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न आदेश दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि कास्की लगेको थियो।

यस प्रकरणमा लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको छ। सरकारी वकिल कार्यालय कास्कीले अभियोजनको तयारी गरिरहेको छ।

अदालतको आदेश अनुसार थपिएको चार दिने म्यादभित्रै मुद्दा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]