सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्ने आदेश

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर / सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न आदेश दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि कास्की लगेको थियो।

यस प्रकरणमा लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको छ। सरकारी वकिल कार्यालय कास्कीले अभियोजनको तयारी गरिरहेको छ।

अदालतको आदेश अनुसार थपिएको चार दिने म्यादभित्रै मुद्दा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]