‘फिफा बेस्ट अवार्ड’ समारोह आज दोहामा आयोजना हुँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर/ सन् २०२४ को ‘फिफा बेस्ट अवार्ड’ समारोह आज मंगलबार कतारको राजधानी दोहामा आयोजना हुँदैछ। यस अवसरमा उत्कृष्ट पुरुष तथा महिला खेलाडी, प्रशिक्षक र अन्य विधाका खेल हस्तीहरूलाई सम्मान गरिनेछ।

पुरुष खेलाडीको अवार्डको मनोनयनमा युरोपेली च्याम्पियन रियल मड्रिड का खेलाडीहरूको दबदबा देखिएको छ। जुड बेलिङ्घम, ड्यानी कार्भाजल, केलियन एमबाप्पे, फेडेरिको भाल्भर्डे र भिनिसियस जुनियर मनोनयनमा परेका छन्। साथै, हालै सन्यास लिएका टोनी क्रुस पनि यस सूचीमा समावेश छन्।

पुरुष अवार्डका लागि मनोनयनमा परेका इन्टर मायामीका लियोनल मेस्सी हाल युरोप बाहिर खेल्ने एक मात्र खेलाडी हुन्।

महिला खेलाडीको तर्फबाट स्पेनिस क्लब बार्सिलोना का सात खेलाडीहरू मनोनयनमा परेका छन्।

त्यस्तै, पुरुष प्रशिक्षक अवार्डका लागि प्रतिस्पर्धा निकै रोचक बनेको छ। रियल मड्रिडका कार्लो एन्सेलोटी, अर्जेन्टिनाका लियोनल स्कालोनी, स्पेनका लुइस डे ला फुएन्टे, म्यानचेस्टर सिटीका पेप ग्वार्डियोला र बायर लेभरकुसेनका जाबी अलोन्सो मनोनयनमा छन्।

फिफा इन्टरकन्टिनेन्टल कप फाइनल अन्तर्गत बुधबार हुने रियल मड्रिड र मेक्सिकन क्लब पाचुका बीचको खेलअघि यो अवार्ड समारोह आयोजना हुन लागेको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]