सशस्त्र प्रहरीद्वारा धरानमा १९० किलो गाँजा बरामद, २ जना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर / सशस्त्र प्रहरी बलले सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १९० किलोग्राम गाँजा बरामद गरेको छ।

भेडेटारबाट धरानतर्फ जाँदै गरेको बा १० च ६८५२ नम्बरको कारको डिक्कीमा प्लास्टिकले प्याक गरी ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा फेला परेको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

गाडी चेकजाँचका क्रममा चालकले कार छाडेर भागेको थियो। सोही क्रममा उक्त कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको छ।

बरामद गरिएको गाँजा, कार, मोटरसाइकल र पक्राउ परेका व्यक्तिहरूलाई थप आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलको सक्रियताका कारण लागूऔषध ओसारपसारमा संलग्न गिरोहलाई नियन्त्रणमा लिन सहयोग पुगेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]