नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट: उपाधि विजेताले एक करोड १० लाख पाउने

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर / नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख, तेस्रो स्थानको टोलीले २५ लाख र चौथो स्थानको टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हुने खेलाडीलाई एक थान कार प्रदान गरिनेछ।

गत मंसिर १५ गतेदेखि सुरु भएको यो प्रतियोगितामा कुल आठ टोली सहभागी भएका थिए। सहभागी टोलीहरूमा काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स रहेका छन्।

हालसम्म प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चार टोली प्लेअफमा स्थान बनाइसकेका छन् भने बाँकी चार टोली भने प्रतियोगिताबाट बाहिरिएका छन्।

नेपाल प्रिमियर लिग आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]