आर्थिक अभावमा छटपटाइरहेका कृष्ण खड्काको उपचारका लागि सहयोगको याचना

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, पुष ०३, २०८१

विराटनगर/ पथरीशनिश्चरे नगरपालिका–४ कुशलचोकका ३३ वर्षीय कृष्ण खड्का एक सातादेखि गम्भीर बिरामी भएर थला परेका छन्। न हिँड्न, न बोल्न सक्ने अवस्थामा रहेका उनी अहिले आफ्नै घरको बरन्डामा पल्टिरहेका छन्। आर्थिक अभावका कारण उचित उपचार पाउन नसकेका खड्का परिवारले सहयोगका लागि सबैसामु अपिल गरेका छन्।

कृष्ण, जो बिर्तामोडमा मजदुरी गर्दै दुई छोरा, एक छोरी र पत्नी मनिषासहित परिवारको गुजारा चलाउँदै थिए, अचानक बिरामी भएपछि खड्का परिवार विक्षिप्त बनेको छ। घरबाहेक कुनै सम्पत्ति नभएका यस परिवारलाई उपचार खर्चको अभावले सताइरहेको छ।

बिर्तामोडमा उपचार सम्भव नभएपछि उनलाई गत शनिबार कुशलचोकस्थित घर ल्याइएको हो। अस्पतालले अन्यत्र लैजान सुझाव दिए पनि आर्थिक अभावकै कारण उनलाई थप उपचारका लागि लैजान सकिएको छैन। अहिले उनी घरको बरन्डामा बेसहारा अवस्थामा पल्टिरहेका छन्। छिमेकी र शुभचिन्तकहरू हेर्न आउने भए पनि उपचारका लागि ठोस सहयोग जुटाउन सकिएको छैन।

कृष्णका बुबा होमबहादुर खड्काले छोराको उपचारका लागि सबैसामु सहयोगको अपिल गरेका छन्। यसैबीच, छिमेकी एवं पथरीशनिश्चरे–८ का पूर्व वडा अध्यक्ष बाबुराम दहालले बिरामीको उपचारको लागि विराटनगरस्थित नोबेल अस्पतालमा निःशुल्क उपचारको पहल गरिरहेका छन्। उनले सांसद एवं अस्पतालका सञ्चालक डा. सुनिल शर्मालाई सहयोग गर्न अनुरोध गरेका छन्।

खड्का परिवारले आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेको छ। इच्छुक सहयोगदाताले आर्थिक वा अन्य माध्यमबाट सघाउनसक्छन्। यो दु:खद घडीमा सहयोगी हातहरूले खड्का परिवारलाई राहत दिने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]