लागूऔषध ब्राउनसुगरसहित झापामा तीन युवा पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, पुष ०३, २०८१

विराटनगर / झापा दमकका तीन युवा ब्राउनसुगरसहित पक्राउ परेका छन्। झापा गाउँपालिका–४ मा भारतबाट नेपालतर्फ आउँदै गरेका दमक नगरपालिका–१ का २९ वर्षीय किशोर खवास, २८ वर्षीय सुरज राजवंशी, र २८ वर्षीय सुनिल साह २ ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा परेका हुन्।

हिजो दिउँसो ३:१५ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा देखेर चेकजाँच गरेको थियो। सोही क्रममा सुनिल साहले प्लास्टिकमा प्याक गरिएको ब्राउनसुगर खेतमा फ्याँक्ने प्रयास गरेका थिए। प्रहरीले लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका युवाहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागूऔषध ओसारपसार र प्रयोगलाई रोक्न प्रहरीले कडाइका साथ निगरानी गरिरहेको छ।

यस घटनाले सीमावर्ती क्षेत्रमा लागूऔषधको ओसारपसार र त्यसमा संलग्न व्यक्तिहरूको सक्रियतालाई पुनः सतहमाल्याएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]