विराटनगरमा माघमा विराट एक्स्पो, तयारी शुरू

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, पुष ०३, २०८१

विराटनगर/ उद्योग संगठन मोरङले माघ महिनामा विराटनगरमा आयोजना गर्न लागेको विराट एक्स्पोको तयारी सुरू गरेको छ। २०८१ माघ ११ देखि २० गतेसम्म विराटनगर महानगरपालिका–१४, जतुवा स्थित डिग्री क्याम्पसको मैदानमा एक्स्पो हुने संगठनले जानकारी दिएको छ।

२०७९ सालमा सोही स्थानमा आयोजना गरिएको एक्स्पोले अपार सफलता पाएको स्मरण गर्दै, यसपटक पनि सोही स्थानमा विराट एक्स्पो आयोजना गर्न लागिएको हो। उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीका अनुसार एक्स्पोमा ३ सयभन्दा बढी स्टल रहने तयारी भइरहेको छ।

यस पटकको एक्स्पो भव्य र व्यवस्थित बनाउन संगठनले उपाध्यक्ष भोलेश्वर दुलाल (भोला) लाई संयोजक तोकेको छ। अध्यक्ष राकेश सुराना, निवर्तमान अध्यक्ष सुयस प्याकुरेल, र अन्य पदाधिकारीहरू समेत एक्स्पोलाई भव्य बनाउनका लागि सक्रिय छन्।

एक्स्पोमा स्थानीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय स्तरका व्यवसायिक फर्म तथा उत्पादनहरू प्रदर्शनमा राखिने बताइएको छ। यसले व्यापारिक गतिविधि प्रवर्द्धन गर्ने र स्थानीय उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

विराट एक्स्पोले व्यवसायी, उद्यमी र सर्वसाधारणबीचको सहकार्यलाई बलियो बनाउँदै क्षेत्रीय आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]