इटहरी र दुहबीमा दुर्घटनामा दुई जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, पुष ०४, २०८१

विराटनगर / सुनसरी जिल्लाका इटहरी र दुहबीमा भएका छुट्टा-छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो इटहरी उपमहानगरपालिका–१३ कालीमन्दिरस्थित कोशी लोकमार्गमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोरङ, रंगेली नगरपालिका–६ का ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको हो।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०२–०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई प्र १–०१–००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

यस्तै, बुधबार बेलुका दुहबी नगरपालिका–८ स्थित जुटमिल अगाडि बाटो क्रस गर्ने क्रममा कारले ठक्कर दिँदा पैदल यात्री गणेश गुप्ता (४५) को मृत्यु भएको छ। ठक्कर दिने कार बागमती प्रदेश ०१–०२७ च ०४८२ नम्बरको थियो।

दुवै दुर्घटनामा घाइते भएका सरदार र गुप्तालाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनीहरूको मृत्यु भएको चिकित्सकहरूले जनाएका छन्।

प्रहरीले दुबै घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]