जिलर एक्स नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक एसयुभी सार्बजानिक 

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, पुष ०४, २०८१

विराटनगर / नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थप्दै विश्वप्रसिद्ध इलेक्ट्रिक सवारी निर्माता जिकरले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयुभी जिकर एक्स नेपाली बजारमा भित्र्याएको छ। विराटनगरस्थित सिटी प्यालेसमा आयोजित विशेष कार्यक्रममार्फत पायोनियर मोटोकर्प प्रा.लि.ले यस गाडीलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो।

जिकर एक्स दुई भेरियन्टमा उपलब्ध छ – डुअल-मोटर अल-व्हील ड्राइभ (एडब्लूडी) र सिङ्गल-मोटर रियर-व्हील ड्राइभ (आरडब्लूडी)। दुवै भेरियन्टमा ६६ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा ४४० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ। १५० किलोवाटको डिसी र २२ किलोवाटको एसी चार्जिङ प्रविधिले यो गाडीलाई केवल चार घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ।

शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाले जिकर एक्सलाई आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको प्रिमियम कम्प्याक्ट एसयुभीको रूपमा प्रस्तुत गरे। उनका अनुसार, यो गाडी नेपालका सबैखाले सडकहरूमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम छ।

यस गाडीमा १४.६ इन्चको टचस्क्रिन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, र २४.३ इन्चको अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन्। साथै, स्वचालित आपतकालीन ब्रेकिङ र ब्लाइन्ड स्पट डिटेक्सन जस्ता सुरक्षा विशेषताहरूले यसलाई अझ प्रभावकारी बनाएको छ।

एडब्लूडी भेरियन्टले ० देखि १०० किलोमिटर प्रति घण्टाको गति ३.८ सेकेन्डमा हासिल गर्न सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रति घण्टा रहेको छ। यो गाडी ४ र ५ सिट विकल्पमा उपलब्ध छ।

पायोनियर मोटोकर्पले कोशी र मधेश प्रदेशका ग्राहकहरूका लागि विराटनगरबाटै बिक्री तथा सेवा सुविधा सुरु गरेको छ। कम्पनीले निकट भविष्यमा देशका अन्य प्रमुख शहरहरूमा पनि सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

सुरुमा क्षेत्रीय ग्राहकहरूलाई लक्षित गर्दै ल्याइएको यो विद्युतीय एसयुभीले नेपाली बजारमा विद्युतीय गाडीहरूको विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]