सुनिल ग्रोवर नयाँ वर्ष २०२५ को अवसरमा विराटनगरमा प्रस्तुति दिने

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, पुष ०५, २०८१

विराटनगर/ भारतीय हास्य कलाकार सुनिल ग्रोवरले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा विराटनगरमा आफ्नो प्रस्तुति दिने भएका छन्। चर्चित टेलिभिजन कार्यक्रमका कलाकार ग्रोवरले आगामी जनवरी ४ तारिखमा विराटनगरस्थित नमस्कार रिजेन्सीमा आफ्ना दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

विराटनगर सेन्ट्रलको आयोजनामा ‘सुनिल ग्रोवर न्यू इयर ब्यास’ कार्यक्रम आयोजना गर्न लागिएको हो। हास्यव्यंग्यका लोकप्रिय पात्र ‘डाक्टर गुलाटी’का रुपमा चर्चित ग्रोवरले पछिल्लो समय नेटफ्लिक्समा स्ट्रिम भइरहेको ‘द ग्रेट इन्डियन कपिल शो’ मा प्रस्तुति दिइरहेका छन्।

ग्रोवर ‘द कपिल शर्मा शो’ बाट विशेष चर्चामा आएका थिए, जहाँ उनले रिंकु भाबी र डा. महसुर गुलाटीका पात्रलाई जीवन्त बनाएका थिए। यसअघि केही साताअघि मात्रै उनले काठमाडौंको एभरेस्ट होटलमा आफ्नो प्रस्तुति दिएका थिए।

सुनिल ग्रोवरका प्रशंसकका लागि यो कार्यक्रम नयाँ वर्षको विशेष अवसरका रुपमा रहने अनुमान गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]