मोरङ उद्योग व्यापार संघद्वारा सी.पी.आर. र क्यान्सर सचेतना गोष्ठी सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष ०७, २०८१

विराटनगर / मोरङ उद्योग व्यापार संघले भारतको मेदान्त सुपर स्पेसलिटी अस्पतालको सहकार्यमा एक दिने स्वास्थ्य सचेतना गोष्ठी सम्पन्न गरेको छ। संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा महासचिव संजय कुमार श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा जय प्रभा मेदान्त अस्पतालका प्रतिष्ठित विशेषज्ञ डा. अजय कुमार सिन्हा र डा. सन्दीप कुमारले कार्डियोपल्मोनरी रिजसीटेशन (सी.पी.आर.) र क्यान्सर रोगका विषयमा प्रत्यक्ष प्रशिक्षण प्रदान गरे।

उक्त गोष्ठीमा संघका कार्यसमिति सदस्यहरू, महिला र युवा उद्यम समिति सदस्यहरू, पूर्व अध्यक्षहरू, मेदान्त अस्पतालका व्यवस्थापकहरू, विभिन्न संघ–संस्था, प्रहरी प्रशासन, उद्योग/व्यवसाय प्रतिष्ठानका प्रमुख र प्रतिनिधिहरू, विद्यालयका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गोष्ठीको अवसरमा मोरङ उद्योग व्यापार संघ र मेदान्त अस्पतालबीच उपचार सेवामा छुट सम्बन्धी विशेष सम्झौता पनि भएको छ। यस सम्झौताले मोरङ र आसपासका उद्योगी, व्यवसायी, तथा सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

गोष्ठीको समापन समारोहमा संघका स्वास्थ्य व्यवस्थापन समितिका संयोजक डा. दिपेन्द्र नौलखाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए।

मोरङ उद्योग व्यापार संघद्वारा आयोजित यस स्वास्थ्य सचेतना गोष्ठीले कार्डियोपल्मोनरी रिजसीटेशन जस्तो जीवनरक्षक प्रक्रियाबारे जानकारी विस्तार गर्नुका साथै क्यान्सर रोगप्रतिको जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। साथै, मेदान्त अस्पतालसँगको सहकार्यले दीर्घकालीन रूपमा स्वास्थ्य सेवामा गुणस्तर सुधार गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]