विराटनगरमा ‘बाउन्स हुने’ चामल फेला, प्लास्टिकको भएकाे आशंका

Logo
सरिता कर्मकार प्रकाशित आइतबार, पुष ०७, २०८१

विराटनगर /विराटनगरका एक उपभोक्तले भारतकाे जाेगबानीबाट किनेर ल्याएकाे चामल गुणस्तरहीन भएकाे आशंका गरिएको छ। जोगबनीबाट ल्याइएको “किचन किंग” ब्राण्डको चामल पकाएपछि डल्लो बनाएर उफार्दा टेनिस बलजस्तै बाउन्स हुने गरेपछि चामल गुणस्तरहीन हुन रहेकाे आशंका गरिएको हाे।

चामल प्लास्टिक बाट तयार पारिएको आशंकाले चामलकाे गुणस्तर परीक्षाका लागि ल्याबमा ठाइएकाे छ । उपभोक्ता दिपेश साहले केही दिन अघि साे चामल जोगबनीबाट किनेर ल्याएका थिए। उनले यो चामल खाएपछि पेट दुख्ने, कब्जियत हुने र शौचालय जाँदा समस्या हुने गरेको बताएका छन्।

खुल्ला सिमानाका कारण भारतबाट आयात गरिने खाद्य सामग्री गुणस्तर परीक्षण नगरी बिक्री वितरण हुँदै आएको छ।सिमा क्षेत्रबाट अबैध रुपमा दैनिक ठुलाे परिमाणमा खाध्यन्न नेपाल भित्रिने गरेकाे छ ,तर प्रहरीले अबैध रुपमा नेपाल भित्रने खाध्यन्न सामाग्री नियन्त्रणमा कडाइ गर्ने सकेकाे छैन।जसका कारण विराटनगरमा गुणस्तरहीन खाध्यन्न सहजरुपमा भित्र्याउने गरेपनि खाद्य तथा गुणस्तर विभागले पनि प्रभावकारी निगरानी नगर्दा उपभोक्तहरु गुणस्तरहीन खाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]