विराटनगरको पारस अस्पतालमा बरिष्ठ फिजिसियन डा. सैयद वकार अहमदलाई स्वागत

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०८, २०८१

विराटनगर/ विराटनगरको महेन्द्र चोकस्थित पारस अस्पतालले आइतबार भव्य समारोह आयोजना गरी बरिष्ठ फिजिसियन डा. सैयद वकार अहमदलाई स्वागत गरेको छ। डा. वकारको आगमनले अस्पतालको उपचार सेवामा थप गुणस्तर र विश्वास बढ्ने अपेक्षा गरिएको छ।

समारोहमा धनपालथानकी उपप्रमुख नसिमा बानोले पारस अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीहरूलाई निःशुल्क तथा छुटमा उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गरिन्। उनले अस्पतालको यो प्रयासलाई प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी बनोस् भन्ने शुभकामना व्यक्त गरिन्।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले पारस अस्पतालले अन्य अस्पतालभन्दा विशेष सरसफाइमा ध्यान दिने र यसमा कर्मचारीहरूको मुख्य भूमिका रहेको बताए। उनी अनुसार सरसफाइले बिरामीको स्वास्थ्य सुधारमा महत्वपूर्ण प्रभाव पार्दछ।

अस्पतालका अध्यक्ष तथा जनरल सर्जन डा. सफिउर रहमानले पारस अस्पतालले दुई वर्षको छोटो अवधिमा प्राप्त गरेको सफलताको श्रेय सबैको साथ र सहयोगलाई दिए। ठूला विशेषज्ञ चिकित्सकहरूको आवद्धता र उन्नत सेवाका कारण पारस अस्पतालले आगामी दिनमा प्रदेशकै अग्रणी अस्पताल बन्ने सम्भावना रहेको उनले बताए।

पारस अस्पतालको यो प्रयासले चिकित्सा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

विराटनगरको पारस अस्पतालमा बरिष्ठ फिजिसियन डा. सैयद वकार अहमदलाई स्वागत

विराटनग/ विराटनगरको महेन्द्र चोकस्थित पारस अस्पतालले आइतबार भव्य समारोह आयोजना गरी सिनियर कन्सल्टेन्ट फिजिसियन डा. सैयद वकार अहमदलाई स्वागत गरेको छ। डा. वकारको आगमनले अस्पतालको उपचार सेवामा थप गुणस्तर र विश्वास बढ्ने अपेक्षा गरिएको छ।

समारोहमा धनपालथानकी उपप्रमुख नसिमा बानोले पारस अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीहरूलाई निःशुल्क तथा छुटमा उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गरिन्। उनले अस्पतालको यो प्रयासलाई प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी बनोस् भन्ने शुभकामना व्यक्त गरिन्।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले पारस अस्पतालले अन्य अस्पतालभन्दा विशेष सरसफाइमा ध्यान दिने र यसमा कर्मचारीहरूको मुख्य भूमिका रहेको बताए। उनी अनुसार सरसफाइले बिरामीको स्वास्थ्य सुधारमा महत्वपूर्ण प्रभाव पार्दछ।

भविष्यमा प्रदेशको अग्रणी अस्पताल बन्ने लक्ष्य
अस्पतालका अध्यक्ष तथा जनरल सर्जन डा. सफिउर रहमानले पारस अस्पतालले दुई वर्षको छोटो अवधिमा प्राप्त गरेको सफलताको श्रेय सबैको साथ र सहयोगलाई दिए। ठूला विशेषज्ञ चिकित्सकहरूको आवद्धता र उन्नत सेवाका कारण पारस अस्पतालले आगामी दिनमा प्रदेशकै अग्रणी अस्पताल बन्ने सम्भावना रहेको उनले बताए।

पारस अस्पतालको यो प्रयासले चिकित्सा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]