बिराट टिचिङ अस्पतालमा ४ वर्षीय बालिकाको उपचारको क्रममा मृत्यु, परिवार र अस्पतालबीच आरोप-प्रत्यारोप

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, पुष १०, २०८१

विराटनगर/मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा ४ वर्षीय बालिका संध्या मण्डलको मृत्यु भएको छ। सुनसरीको बोक्राह नर्सिङ गाउँपालिका वडा नं ४ की संध्या मण्डललाई पुस ५ गते हर्नियाको समस्याका कारण अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले ४ दिन पहिलो चरणको अपरेशन सफलतापूर्वक सम्पन्न गरेको थियो। तर, अपरेशनपछि स्वास्थ्यमा जटिलता उत्पन्न भएको र घाउमा इन्फेक्सन तथा पानी जमेको कारण चौथो दिन पुनः अपरेशन गर्नुपर्ने अवस्था आएको अस्पतालका कोअर्डिनेटर सुनिल देवले जानकारी दिएका छन्।

देवका अनुसार, दोस्रो अपरेशनपछि बालिकाको धड्कन कम हुँदै गएपछि उनको मृत्यु भएको हो। उनले यो घटनामा परिवारले लगाएका आरोप अस्वीकार गर्दै, परिवारलाई परामर्शपछि मात्र अपरेशन गरिएको बताए।

तर, मृतक बालिकाका बुबा शिव मण्डलले भने डाक्टरहरूले आफूलाई जानकारी नदिई दोस्रो अपरेशन गरेको र सोही कारण उनकी छोरीको मृत्यु भएको आरोप लगाएका छन्। उनले यो घटनालाई ‘हत्या’ को संज्ञा दिएका छन्।

अस्पताल प्रशासन र परिवारजनबीच आरोप-प्रत्यारोप जारी रहे पनि घटना सम्बन्धमा विस्तृत अनुसन्धानको माग उठ्न थालेको छ। यस घटनाले उपचार प्रक्रियाको पारदर्शिता र चिकित्सा लापरबाही सम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]