

दमक / झापाको दमकमा क्लियोपेट्रा इभेन्टसले आयोजना गरेको मिस आर्टिस्ट्रि सिजन ४ र टिन स्टार नेपाल को ग्रान्ड फिनाले सम्पन्न भएको छ ।
यहि पुस १० गते गरिएको ईभेन्टमा बिभिन्न क्याटोगरिका बिजेता घोषणा गरिएको छ । जस अन्तरगत मिस आर्टिस्ट्रि जुनियर क्याटोगरिमा रोबिसा सुबेदि विनर भएकी छिन भने प्रि टिन क्याटोगरिमा डिजायर नेपाल, मिस टिन आर्टिस्ट्रि को बिजेता नुम्सा लिम्बु , सिनियर क्याटोगरिमा अम्लेङ्ना सम्बाहाम्फे भएकी छिन भने टिन स्टार नेपालको ट्रफि तदीन खत्रिले हात पारेकी छिन । टिन स्टार नेपाल जुनियर क्याटोगरिमा जिनिसा न्यौपाने र पब्लिक चोईस विनर जेसिका नरौला भएकी छिन ।
बिजेता मध्ये सबैभन्दा धेरै अंक ल्याउने नुम्सा लिम्बु र पब्लिक चोइस विनर जेसिका निरौलाले थाईल्यान्डमा हुने टिन स्टार ईन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधिन्व गर्न पाउने आयोजकले जनाएको छ
क्लियोपेट्रा इभेन्टसले हरेक बर्ष पनि १९ वर्ष मुनिका बालिकाहरूको प्रतिभा तथा क्षमता विकासका ईभेन्टको आयोजना गर्दै आएको छ । जस अन्तरगत यस सिजनमा झापाका विभिन्न विद्यालयका १६५ जना प्रतियोगीहरूले भाग लिएका थिए। अडिसन राउन्ड हुँदै विभिन्न चरण पार गरेर उत्कृष्ट ४५ प्रतिभाहरू फिनालेमा पुग्न सफल भएका थिए ।