धरानमा लागुऔषधसहित दुई जना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, पुष १३, २०८१

विराटनगर/सुनसरीको धरान उप-महानगरपालिका-४ स्थित इलाकाबाट प्रहरीले लागुऔषध गाँजा बोकेको गाडीसहित दुई जनालाई पक्राउ गरेको छ।

पुस १२ गते दिउँसो, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेगुको नेतृत्वमा खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग.२ च ८११७ नम्बरको कारलाई चेकजाँच गर्दा कारको डिकीमा लुकाइ राखिएको अवस्थामा ३७ किलोग्राम गाँजा फेला पारेको हो।

पक्राउ पर्नेमा उदयपुर वेलका नगरपालिका-९ का २३ वर्षीय तिर्थ दर्जी र बराहक्षेत्र नगरपालिका-१ का ४० वर्षीय कृष्ण बिसुङ्खे रहेका छन्। पक्राउ परेकाहरूलाई कारसहित नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]