विराटनगरमा निःशुल्क आँखा शिविर सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष १४, २०८१

विराटनगर/ माहेश्वरी महिला मञ्च विराटनगर र रामलाल गोल्छा आँखा अस्पतालले शनिबार सयपत्री आधारभूत विद्यालयमा संयुक्त रूपमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छन्।

शिविरमा ३१६ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ७६ जनामा मोतियाबिन्दु पत्ता लागेको छ। माहेश्वरी महिला मञ्चकी अध्यक्ष ललिता जाजूले मोतियाबिन्दु भएका बिरामीलाई गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइन्।

शिविरको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले गर्नुभयो। उहाँले सरकारले गर्नुपर्ने कार्य समाजिक संस्थाले गरिरहेकोमा प्रशंसा गर्दै, यस्ता कार्यक्रमका लागि मन्त्रालयबाट सक्दो सहयोग उपलब्ध गराइने आश्वासन दिनुभयो।

कार्यक्रममा माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले समाजसेवाका क्षेत्रमा महिला मञ्चले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

शिविरमा समाजका सल्लाहकार चम्पालाल राठी, नेपाल माहेश्वरी परिषदका केन्द्रीय उपाध्यक्ष आनन्द जाजू, गोल्छा आँखा अस्पतालका प्रबन्धक नवीनचन्द्र सिंह राजवंशी, अखिल भारतीय माहेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा शारडा, र वडा नम्बर ६ का वडाध्यक्ष अक्षय सहनीले पनि मन्तव्य व्यक्त गर्नुभयो।

शिविरले स्थानीय नागरिकलाई गुणस्तरीय आँखा उपचारमा पहुँच पुर्‍याउने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]