शिक्षक जिम्मेवार भए सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुन्छ ः मेयर कोइराला

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष १४, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–६ बह्रमपुरास्थित धरणीधर आधारभूत विद्यालयको अनुगमन गर्नुभएको छ ।

वडाध्यक्ष हरिशचन्द्र सहनीलाई साथैमा लिएर पुग्नुभएका मेयर कोइरालाले शिक्षक र विद्यार्थीसित अन्तरक्रियासमेत गर्नुभएको थियो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताउँदै मेयर कोइरालाले परिणाम देखिने गरी काम गर्न प्रधानाध्यापक र शिक्षकहरुलाई निर्देशन दिनुभएको थियो । विद्यालयको भौतिक संरचना निर्माण महानगरले जिम्मा लिने बताउँदै मेयर कोइरालाले शैक्षिक गुणस्तर वृद्धिको जिम्मा शिक्षकहरुले लिनुपर्नेमा जोड दिनुभयो । तल्लो तहदेखि नै गुणस्तर वृद्धि गर्न सकिए माथिल्लो तहमा नतिजा राम्रो आउने उहाँको भनाइ थियो । मेयर कोइरालाले प्रअ र शिक्षक जिम्मेवार र इमान्दारीपूर्वक लागिपरे गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगरले सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान कार्यलाई निरन्तरता दिइरहेको कोइरालाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगर लागिपरेको उहाँको भनाइ थियो । वडाध्यक्ष सहनीले सो विद्यालयको भौतिक संरचनासँगै गुणस्तर वृद्धिमा वडा लागिपरेको जानकारी दिनुभयो । मेयर कोइरालाले महानगरले निर्माण गरेको नवनिर्मित विद्यालय भवनको समेत अवलोकन गर्नुभएको थियो ।

सो क्रममा प्रअ, शिक्षक र विद्यार्थीले मेयर कोइरालालाई स्वागत गरेका थिए । विद्यालयमा १९४ जना विद्यार्थी अध्ययनरत रहेको प्रअ खेम निरौलाले जानकारी दिनुभयो । प्रअ निरौलाले विद्यालयमा डुबानको समस्या रहेको बताउनुभयो । उहाँले महानगरले नयाँ भवन बनाइदिएपछि वर्षाको समयमा पनि पठनपाठनमा सहज भएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]