विराटनगरमा तमु ल्होसारको अवसरमा दिप प्रज्ज्वलन

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष १४, २०८१

विराटनगर/ तमु ल्होसार पर्वको पूर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् महानगर इकाइले विराटनगरस्थित जनआन्दोलन चोकमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ। आइतबार साँझ आयोजित कार्यक्रममा विभिन्न जातीय संस्थाका पदाधिकारी तथा अग्रजहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

गुरुङ समुदायले मनाउने यो विशेष पर्वको अवसरमा सोमबार पुष १५ गते विराटनगर–७ हाटखोलास्थित हरियाली पार्कमा भव्य कार्यक्रम आयोजना गरिने तयारी गरिएको छ।

परिषद्ले यसअघि पनि विराटनगरमा सद्भावपूर्ण म्याराथन दौड प्रतियोगिता र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ। तमु ल्होसारको अवसरमा आयोजित यी कार्यक्रमले सामुदायिक एकता र विविधताको भावनालाई अझै मजबुत बनाउने विश्वास गरिएको छ।

हरियाली पार्कमा हुने सोमबारको मुख्य कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र विशेष परम्परागत कार्यक्रमसमेत समावेश हुने बताइएको छ। गुरुङ समुदायको संस्कृतिलाई जगेर्ना गर्न र भावी पुस्तामा यो पर्वको महत्त्व पुर्‍याउन यस्ता कार्यक्रमलाई अझ सक्रिय बनाउने उद्देश्य राखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]