अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनसिपको उपाधि नेपाललाई, १७ स्वर्ण पदकसहित उत्कृष्ट प्रदर्शन

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष १५, २०८१

विराटनगर /भारतको पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। विभिन्न तौल समूहमा १७ स्वर्ण पदक जित्दै नेपालले प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो। नेपाली खेलाडीहरूले ५ रजत र २ कास्य पदकसमेत जित्न सफल भएका छन्।

नेपालका लागि ६८ किलो तौल समूहमा रिमा कुमालले भारत र श्रीलङ्काका प्रतिस्पर्धीलाई हराउँदै स्वर्णपदक जितेकी छिन्। त्यस्तै, विपिन रानाले ५० किलो तौल समूहमा र शाहिल गुरुङले ५५ किलो तौल समूहमा स्वर्ण पदक जितेर नेपालको गौरव बढाए।

अन्य स्वर्ण पदक विजेतामा बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्त्याल, समीक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई, र आकृति छन्त्याल रहेका छन्।

प्रतियोगितामा नेपालका १० वर्षमुनि समूहका सिद्वार्थ रानाले उत्कृष्ट काता प्रदर्शन गर्दै स्वर्ण पदक जितेका थिए। समूहगत कातातर्फ पनि नेपालका ६ खेलाडीले स्वर्ण पदक जितेर टोलीलाई थप सशक्त बनाए।

भारतले १६ स्वर्ण, २९ रजत, र ६१ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्दा श्रीलङ्काले ६ स्वर्ण, ५ रजत, र १५ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझायो।

भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल, भारत, र श्रीलङ्काका एक सयभन्दा बढी खेलाडीले विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। नेपालका खेलाडीको यो ऐतिहासिक उपलब्धिले देशको खेलकुद क्षेत्रमा नयाँ प्रेरणा थपेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]