तेस्रो बबियाबिर्ता महोत्सव सोमबारदेखि सुरु हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष १५, २०८१

विराटनगर/ रंगेली नगरपालिका–१ स्थित बबियाबिर्तामा तेस्रो बबियाबिर्ता महोत्सव सोमबारदेखि सुरु हुने भएको छ। पुस १५ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने महोत्सव दोहमाना संघर्ष युवा क्लब र रंगेली नगरपालिका वडा नम्बर १, २ र ९ को संयुक्त आयोजनामा हुनेछ।

कार्यक्रमको मुख्य प्रायोजक गिरी फाउन्डेसन रहेको छ भने महोत्सवको उद्घाटन रंगेली नगरप्रमुख दिलिप बगडीयाले गर्नेछन्।

१५ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता, कोशी प्रदेशका उत्कृष्ट डान्स क्लब कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।

महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, नौका रेन्ज, ड्र्यागन रेल लगायतका खेलकुद सामग्री राखिनेछ। साथै, विभिन्न व्यापारिक र खाद्य स्टलहरू पनि रहनेछन्।

महोत्सवका लागि करिब २९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमले स्थानीय व्यापार प्रवर्द्धन, युवालाई रोजगारीको अवसर प्रदान गर्ने तथा क्षेत्रको पर्यटन विकासमा योगदान दिने अपेक्षा गरिएको छ।

महोत्सवमा १ लाखभन्दा बढी दर्शकहरूको सहभागिता रहने आयोजक समितिका अध्यक्ष गणेश राजवंशीले बताएका छन्। उनले महोत्सवले बबियाबिर्तालाई नयाँ पहिचान दिन मद्दत गर्ने र यस क्षेत्रको गौरव बढाउने विश्वास व्यक्त गरेका छन्।

यो महोत्सव मनोरञ्जन, सांस्कृतिक आदानप्रदान, र स्थानीय विकासको महत्वपूर्ण प्लेटफर्म बन्नेविश्वास लिइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]