इटहरीका दुई स्थानमा शंकास्पद वस्तु भेटिएपछि उच्च सतर्कता

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष १६, २०८१

विराटनगर /इटहरीका दुई स्थानमा आज बिहान शंकास्पद वस्तु भेटिएपछि प्रहरीले उच्च सतर्कता अपनाएको छ। इटहरी उपमहानगरपालिका कार्यालय अगाडि रहेको घुम्ती पसल र बुढीखोला पुल नजिक शंकास्पद वस्तु भेटिएको हो।

प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार उपमहानगरपालिका अगाडि फेला परेको शंकास्पद वस्तुलाई सेनाको टोलीले निस्क्रिय पार्न प्रयास गरिरहेको छ। बुढी खोला पुल मुनि एउटा बोरा फेला परेको छ, जसमा शंकास्पद वस्तु रहेको आशंकामा तालिमप्राप्त कुकुरसहितको टोली खटाइएको छ।

स्थानीय प्रहरी कार्यालय इटहरी र पकलीमा बिहानैदेखि राजावादी समूहको नाममा भोटेपुल, बुढीखोला, र उपमहानगरपालिका अगाडि ‘कालो झोलामा बम राखिएको’ भन्ने सूचना आएको थियो।

सूचना पाएको तत्कालपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै सम्भावित खतरालाई निस्तेज पार्न सतर्कता बढाएको छ। प्रहरी उपरीक्षक तिम्सिनाले यस्ता घटनामा संलग्न व्यक्तिहरुको पहिचानका लागि अनुसन्धान भइरहेको जानकारी दिए।

स्थानियवासीलाई अफवाहमा विश्वास नगर्न र सतर्क रहन आग्रह गर्दै प्रहरीले स्थिति नियन्त्रणमा रहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]