द नेप्लिज डट कम आजबाट सुरुवात

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शुक्रबार, माघ २५, २०८१

विराटनगर / अनलाइन न्युज पोर्टल ‘द नेप्लिज डट कम,’ को शुक्रबार शुभारम्भ भएको छ । अनलाइनको शुभारम्भ ८ वर्षीय बालक खेमबाबुले कम्प्युटरको कीबोर्ड थिचेर गरेका छन् ।

बालबालिका कसैसँग कुनै किसिमको विभेद नगर्ने भएकाले यो अनलाइनले पनि भेदभाव रहित रुपमा समाचार, विचारलगायतका सामग्री सम्प्रेशन गर्ने नीति लिएकोले बालकबाट शुभारम्भ गरेको हो । बालबालिकाले जुनसुकै परिस्थितिमा सत्य नै बोल्ने गरेकाले यो अनलाइनले पनि जस्तोसुकै परिस्थितिमा पनि कुनै किसिमको दबाब र प्रभावमा नपरी सत्यतथ्य समाचार, विचारलगायतका सामग्री पस्किने समेत नीति लिएको प्रबन्धक देवनारायण साहले बताए । 

अनलाइनको शुभारम्भ समारोहमा नागरिक समाजको हरेक तप्काको उपस्थिति थियो । सञ्चालक मञ्जु कुमारीले उपस्थित सबै प्रति आभार प्रकट गर्दै प्रबन्धक देवनारायण साह र प्रधान सम्पादक जितेन्द्र साहलाई बधाई एवं शुभकामना दिएकी थिइन् । ‘दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमै सत्रिय व्यक्तित्वहरुले नेतृत्व गरेको यो अनलाइन जनरुची अनुसार फरक ढंगले अघि बढ्दै सफल हुने विश्वास छ,’ उनले भनिन् । 

प्रबन्धक साहले नयाँ प्रविधिको उदय र सामाजिक सञ्जालको प्रभावले पत्रकारितामा देखिएको चूनौतिलाई आत्मसात गर्दै नवयुगको चाहना अनुरुप अघि बढ्ने बताए । आमसञ्चार क्षेत्रमा तीन दशक बढीको अनुभव, दक्षता र योग्यतालाई यो डिजिटल पत्रिकामा कार्यान्वयन गर्ने अवसरको रुपमा लिएको प्रधान सम्पादक जितेन्द्र साहले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]