बिर्तामोडमा सवारी दुर्घटनामा परी एकजना महिलाको मृत्यु

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित शुक्रबार, माघ २५, २०८१

बिर्तामोड / झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ५ः३० बजे बिर्तामोड नगरपालिका वडा २ चारपानेस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बिर्तामोड ६ जलकन्या बस्ने बर्ष ६५ की चन्द्रकला राईको मृत्यु भएको हो । पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिई घाइते भई लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ पठाएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

ठक्कर दिने सबारी साधनको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]