

झापा / झापा गाउँपालिकाका ५१४ किसानलाई सिचाइ मोटर र स्प्रे ट्याङ्की, झापा गाउँपालिकाले किसानलाई सिचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ ।
पालिकाको कृषिमा विनियोजन बजेट मार्फत ५०/५० साझेदारी कार्यक्रम अन्तरगत १७६ मोटर र ३३८ स्प्रे ट्याङ्की पालिकामा आयोजना गरिएको कार्यक्रममा वितरण गरिएको हो ।
पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिचाइ मोटर र स्प्रे ट्याङ्की कृषकहरुलाई वितरण गरिएको थियोे ।
झापा गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि परियोजनको लागि बिधुत महसुलमा ८० प्रतिशत र झापा बासीलाई ५० प्रतिशत बिधुत महसुस समेत तिरी दिदै आएको कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो ।
कृषि उत्पादन बढाउनको लागि प्रत्येक वडाका कृषकको खेतवारीमै बिजुली पुर्याउने कार्यक्रम समेत संचालित रहेको बताउदै यस आर्थिक बर्षमा समेत १ करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुली तार खरिद गरिएको बताउदै , झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको सबै कार्यक्रमहरुलाई निरंतरता दिदै अगाडि बढेको समेत कावा अध्यक्ष थपलियाले जिकिर गर्नु भएको छ ।
स्थानीय तहको समग्र विकासको लागी जनप्रतिनिधिहरुले अगाडि सार्नु भएको महत्त्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिलाले जानकारी दिनुभयो । झापा गाउँपालिका मकै खेतीको ” मकै जोन ” क्षेत्र भएकोले यहाँका किसानलाई पालिकाले २०७४ देखीनै प्राथमिकतामा राखेर सहयोग पुर्याउदै आएको समेत प्रमुख प्रशासकीय अधिकृत थपलियाले बताउनुभयो । थपलियाका अनुसार टेन्डर मार्फत ४९ लाख ६ सय ७९ रुपैयाँ बराबरको मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको हो ।
किलस्कर कम्पनीको २ हर्ष पावर को बिधुतिय मोटरको लागी किसानले ११ हजार ८० रुपैयाँ व्यहोर्नुपर्ने हुन्छ भने पालिकाले त्यति नै रकम व्यहोर्ने छ । त्यस्तै स्प्रे ट्याङ्कीमा समेत पालिकाले साझेदारी कार्यक्रम अनुसार १५ सय ८५ रुपैयाँ व्यहोर्ने गरि काम गरिएको थपलियाले बताउनु भयो ।
उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजकुमार यादव ,७ का वडा अध्यक्ष शखीचन्द्र ठाकुर , निवर्तमान कृषि शाखा प्रमुख जगत नारायम मण्डल , कृषक एवं शिक्षा समिति सदस्य शुन्दरलाल गणेश , कृषक तविजो मिया ,कुमार मैनाली लगायतले आ आफ्नो प्रतिक्रिया सहित मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा स्वागत तथा औचित्य माथी कृषि शाखा पाचौं कर्मचारी समिक्षा उप्रेती प्रष्ट पार्नुभएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गर्नु भएको थियो ।