झापाको शिवसताक्षीमा एक महिला मृत फेला

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित बुधबार, माघ ३०, २०८१

झापा / झापाको शिवसताक्षीमा एक महिला मृत फेला परेकी छन् ।

हिजो साँझ ७ः४० बजे शिवसताक्षी – ११ बस्ने धर्मराज सेनेहाङ लिम्बूकी श्रीमती ५८ वर्षीया गंगामाया लिम्बू आफ्नै घरमा मृत फेला परेकी हुन् । श्रीमान सिक्किममा रहेकाले घरमा एक्लै बस्दै आएकी गंगामाया आफ्नै पक्की घरको भान्सा कोठामा भित्रबाट चुक्कुल लगाई मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गंगामाया आफ्नै घरभित्र नग्न अवस्थामा शव भेटिएको वडा अध्यक्ष बहादुर आङ्बोले जानकारी दिए । सोमबारबाट ती महिलालाई छिमेकीहरुले नदेखेर घरमा ढोका लगाइरहेको पाएपछि झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेका थिए । गंगामायाका श्रीमान् धर्मराज भूतपूर्व भारतीय सैनिक भएकाले उनी सिक्किममा बस्दै आएका छन् ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]