कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आत्मरक्षा तालिम सुरु

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपाल संयोजनमा विराटनगरमा तीन दिने महिला सेल्फ-डिफेन्स तालिम २०८१ सुरु भएको छ। आज विराटनगर स्थित सत्यनारायण माध्यमिक विद्यालयको सभाहलमा फागुन ३ गते सम्म चल्ने तालिम सुरु भएको हो।

तालिमको उद्घाटन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले विराटनगरका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत किशोरीहरुलाई महिला माथि हुने विभिन्न किसिमको हिंसालाई रोक्न तथा आत्मरक्षाको सिप सिकाउनका लागि तालिम प्रभावकारी हुने बताउनु भयो। बस्नेतले तालिममा आत्मारक्षा सिप सहित संविधान तथा विभिन्नकानुनी विषयमा जानकारी समेत प्रदान गरिने जानकारी दिनु भयो ।

बस्नेतले कोशी प्रदेशका १४ वटै जिल्लामा महिला सेल्फ डिफेन्स तालिम संचालन गर्ने समेत प्रष्ट पार्नु भयो।

तीन दिने तालिममा विराटनगरका १३ वटा सामुदायिक विद्यालयका झन्डै १०० जना विद्यार्थीको सहभागिता रहने समृद्ध समाजकी अध्यक्ष कला डाँगीले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]