विराट राजवंशीकाे १८औ वृहत् भेला

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

विराटनगर / राजवंशी समाज उत्थान समितिले १८औ वृहत् भेला गरिने भएको छ । विराट राजवंशीको आफ्नो समुदायको पहिचान स्थापित गराउने उदेश्यले उत्त कार्यक्रम विगत १८ वर्ष देखि निरन्तर गर्दै आएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा वृहत विराट राजवंशी भेलाको आयोजना गर्ने समितिले आज बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

विराट राजवंशीको पहिरन, संस्कृति, संस्कार उजागर गर्नुका साथै आपसी प्रेम, सद्भाव, मिलन, एकताका लागि फाल्गुन ६ गते १८ औं वृहत भेला विराटनगरस्थित हिमालय रोडमा गर्ने भेला आयोजक समितिका संयोजक बसन्त राजवंशीले बताएका छन् । उनले फाल्गुन ३ गते मोटरसाइकल ¥याली प्रदर्शन गरेर ६ गते वृहत भेलाको आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।

राजवंशी समाज उत्थान समितिका अध्यक्ष भुवनेश्वर राजवंशीले पुस्तौं पुस्तादेखि यस क्षेत्रमा बसोबास गर्दै आएका विराट राजवंशीलाई सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत नगरेर अन्याय गरेको गुनासो पोखे । ‘महाभाारतकालिन विराट राजाका सन्तति हामीलाई प्रतिष्ठानमा सरकारले सूचिकृत नगरी किन विभेद गर्न खोजेको गम्भीर प्रश्न हो गरेका हुन । उनले भने, ‘हामी यस क्षेत्रका मूल आदिवासी हुँदाहुँदै पनि प्रतिष्ठानमा सूचिकृत गर्न अझै बिलम्ब नगर्न सरकार पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

अध्यक्ष राजवंशीले पत्रकार सम्मेलनमार्फत ७ बुंदे माग अघि सारेको छ । प्रतिष्ठानमा विराट राजवंशीलाई छुट्टै सूचिकृत गर, राज्यको हरेक अंगमा विराट राजवंशीको स्थान सुरक्षित, कोशी प्रदेशसभामा विराट राजवंशी समुदायको समानुपातिक सांसदमा प्रतिनिधित्व, विराटनगरको पहिलो जाति राजवंशीलाई घोषणा, विराट राजवंशीको प्रमुख बसोबास रहेको पालिकाहरु विराटनगर, कटहरी, जहदा, बुढीगंगा, र ग्रामथान क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद गठन र भेडियारीस्थित विराट राजाको दरबार क्षेत्र संरक्षण तथा सम्बद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा विकासको माग अध्यक्ष राजवंशीले गरेको छ ।

विराट राजवंशीको माग पूरा नभए अनशन, जुलुस, चक्काजाम, विराटनगर प्रवेशमा रोकलगायतका आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिएका हुन् । कोशी प्रदेशमा मूल बसोबास रहेको राजवंशी समुदायमध्ये विराट राजवंशीको विराटनगरलगायत वरिपरिका पालिकामा मात्रै बसोबास रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]