राष्ट्रिय समाचार समिति राससकाे ६४औं वार्षिकोत्सब

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

विराटनगर / आज राष्ट्रिय समाचार समिति राससकाे ६४औं वार्षिकोत्सब एंव पुरस्कार समर्पण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल पत्रकार महासङ जिल्ला माेरङ शाखाकाे तेस्रो तल्लाकाे सभाहलमा आज उक्त कार्यक्रम कोशी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण निरौलाकाे प्रमुख अतिथिमा सम्पन्न भएको छ ।

मन्त्री निराैलाले राष्ट्रिय समाचार समिति लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना अनुसार रुपान्तरण भएको बताउनु भएको छ । मन्त्रीले कार्यक्रममा बाेल्दै प्रजातन्त्रको घाँटी निमोटिएको र राजाको एकतन्त्रीय  ब्यवस्थाको बेला र समाचारलाई नियन्त्रण र निर्देशित गर्न रासस संस्थाको जन्म भएको थियो ।

त्यही बेला समाचार सम्प्रेषण गर्दा सकारात्मक समाचार मात्र सम्प्रेषण गरेको देखिन्थियो । तर आज उक्त संस्थाले लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना अनुरुप अहिले यो संस्था पूर्ण रुपमा रुपान्तरण भएर अगाडी बढेको मन्त्री निरौलाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]