दुहबीमा भएको खुल्ला रक्तदानमा २७ पिन्ट रगत संकलन

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

दुहबी / सुनसरीको दुहवीमा ८९अौं महाशिवरात्री पावन पर्वको उपलक्ष्यमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्  ।

रक्तदान जिवनदान भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै
ब्रहमा कुमारी राजयोग सेवा केन्द्र दुहबी तथा ब्रहमा कुमारी राजयोग सेवा केन्द्र बाँसवारी एंव दुहबी रेडक्रस शाखाको  संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी विराटनगरको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम भएको थियो ।दुहवी नगरपालिकाको प्राङगणमा आउदै गरेको महाशिव रात्रि पर्वको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेको ब्रहमा कुमारी राजयोग दुहबीका ब्रहम कुमारी   बोध कुमारी  दिदिले  जानकारी दिए । रक्तदान गर्नेलाई प्रशंसा पत्र प्रदान गरिएको कार्यक्रम संयोजक
दुहबी रेडक्रस शाखा अध्यक्ष संन्तोष रौनियारले बताए ।

रक्तदान कार्यक्रममा दुहवी नगरपालिका ५ का वडाध्यक्ष रमेश कुमार रौनियार, वडा नं. ६ का वडाध्यक्ष घनश्याम हलुवाई, सरस्वती माबी दुहबीका प्रअ तेज प्रसाद तिमिल्सिना ,शस्त्र प्रहरी बैँस क्याप दुहबीका निरिक्षक हेमराज ओगी ,इप्रका दुहबी का प्रतिनिधि अस्ई भुपराज पोखरेल ,पत्रकार चन्दन रौनियार ,ब्रहमकुमारी राजयोगीका दिदी दाजु भाईहरुको सहभागीता रहेको थियो ।साथै अतिथिहरु मायाको चिनो स्वरुप शिवबाबा अंकित फोटो समेत दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]