मेचीनगर धुलाबारीस्थित सरकारी घर टहरा डोजर लगाएर भत्काइयाे

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

मेचिनगर / मेचीनगर–१० धुलाबारीस्थित सरकारी स्वामित्वमा रहेको साझा सहकारी भवनको जग्गा परिसरको घर टहरा डोजर लगाएर भत्काइएको छ ।

आज वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालको नेतृत्वमा गएको नगर प्रहरी र सुरक्षाकर्मीहरुको टोलीले धुलाबारी बजारनजिक हाल कराते सिकाउने भवनको जग्गा परिसरमा रहेको घर टहरा डोजर लगाएर भत्काएको हो ।
साझा सहकारी भवनको जग्गा परिसरमा रहेका स्थानीय राम साह, लक्ष्मण साह र शिवशंकर साहको घर टहरा आइतबार केही भाग भत्काइएको छ ।

साहका परिवारले स्थानीय समाजसेवीहरुको अनुरोध र रोहवरमा सामान नझिकेका कारण ११ दिनको समय दिएर घर टहरा खाली गर्न सहमति भएको वडाध्यक्ष खनालले जानकारी दिए ।

‘साझा सहकारी भवन सरकारी जग्गा हो’, वडाध्यक्ष खनालले भने–‘राज्यको सम्पत्ति संरक्षण गर्ने जिम्मा नगरपालिकाको हो । सरकारी जग्गामा कसैले पनि घर टहरा बनाएर बस्न पाइदैन । त्यसैले हटाउने प्रक्रिया सुरु गरेका हौँ ।’

उक्त जग्गाको भवनको आसपास बाल उद्यान केन्द्र, ज्येष्ठ नागरिक र युवाहरुका लागि व्यायामशाला निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले साह परिवारलाई पटक पटक पत्र दिएर हटाउन जानकारी गराएपनि अटेर गरेपछि घर टहरा भत्काउन सुरु गरेको बताए ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]