केशलिया स्कुलमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित सोमबार, फाल्गुण १२, २०८१

दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा न.१२ बुग्डहरी स्थित रहेको केशलिया ईग्ङलिस बोडिङ स्कुलमा  पुरस्कार वितरण तथा विद्यार्थीको प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।स्कुल प्राङ्गणमा अभिभावकको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीले कल्चरल फेसन शोदेखि अन्य प्रतिभा पस्किएका छन् । स्कुलको बार्षिक  स्पोर्ट्स मिट समापनको अवसरमा  यस्तो कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा स्कुल मा भएको स्पोर्ट्स मिट विभिन्न खेलकुदमा  उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।साथै बिधालयमा उत्कृष्ट क्रियाकलापगरने
रोसिका मेहेता लाई बेस्ट मोनिटर ,राधिका माझी बेस्ट क्याप्टेन ,रोसिका अधिकारी बेस्ट सरसफाइ ,प्रसल बन्जारा डिसिपिलेन स्कुल प्रथम र  वेस्ट स्वयंसेवक करुणा गुरुङ लाई ट्रफि प्रमाणपत्र मेडल समान समेत गरेका थिए।कार्यक्रमका प्रमुख  अतिथि जेष्ठनागरिक अामा गंगा देवी बन्जारा , बिधालयका प्रिन्सिपल सन्जु बन्जारा , अभिभावकलगायतले विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा अतिथि हरु,अस्मिता गुरुङ ,सावित्री भुजेल ,हरि घिमिरे ,शोभा रिजाल ,बिजय मेहेता  ,सजिप न्युपाने  ,रमेश अधिकारी ,टंंक बजगाई ,प्रसल बन्जारा,शिक्षक/शिक्षिका बिधार्थिहरुको ब्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सन्देशमूलक नाटक, नृत्य, फेसन शो प्रस्तुत गरेका थिए ।

विद्यालयका अध्यक्ष लक्ष्मी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक सुनिल बन्जाराले गरेका  थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]