सम्झना राजवंशीकाे उपचार खर्च जुटाउँदै :- खेलकुद समिति

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित सोमबार, फाल्गुण १२, २०८१

ब्राह्दशी / झापा जिल्लाकाे बाह्रदशी गाउँपालिका वडा नम्बर – २ का बुट्टाबारीकी १४ वर्षीया सम्झना राजवंशीको उपचारका लागि राजवंशी खेलकुद विकास समितिले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । सम्झना दुवै मृगौला फेल हुनुका साथै मुटुमा दाग देखिएक कारण जीवन-मरणको दोधारमा उनि छिन्।

शनिबार र आज साेमवार बिर्तामोडको भाटभटेनी सुपरमार्केट अगाडि पानीपुरी तथा चट्पटे बेचेर संकलित रकम सम्झनाको उपचार खर्चका लागि प्रदान गर्ने उद्देश्यले समितिले सहयोग कार्यक्रम सञ्चालन गर्यो । आर्थिक रूपमा कमजोर उनको परिवारले सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो।

केही दिनअघि सम्झनालाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो। १२ दिनसम्म उपचार गराउँदा उनको स्वास्थ्यमा केही सुधार देखिए पनि अझै लामो उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्। हाल उनलाई घर फर्काइएको छ तर निरन्तर उपचारको खाँचो रहेको छ।

राजवंशी खेलकुद विकास समितिका अध्यक्ष बुद्धकरण राजवंशीका अनुसार सम्झनाको उपचारका लागि आवश्यक रकम संकलन गर्न अभियान जारी रहनेछ। भोलि सोमबार कचनकवल गाउँपालिकाको बनियानीस्थित हिकाहुकी चोकमा पनि पानीपुरी तथा चट्पटे बेचेर सहयोग संकलन गरिने समितिका सचिव गिरीबन्धु राजवंशी (गौतम) ले जानकारी दिए।

समितिले इच्छुक महानुभावहरूलाई सक्दो सहयोग गर्न आग्रह गरेको छ। “ थोपा थोपा मिलेर सागर बन्छ ” भनेझैं, सानो सहयोगले पनि सम्झनाको जीवन बच्न सक्छ। यस पुन्यकार्यमा सबैलाई सहभागी भई सहयोग गर्न समितिले अनुरोध गरेको छ।

यस समाचार पालिका सन्देश अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]