भाेलीबाट काेशी विचार उत्शव सुरु

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बुधबार, फाल्गुण १४, २०८१

विराटनगर / काेशी प्रदेशको राजधानी विराटनगरमा काेशी विचार उत्शव गर्ने भएको छ । विराटनगरकाे महेन्द्र चाैक पुर्व हिमालय चाेकमा विना फाउन्डेशनले भाेली बिहीबारदेखि पहिलो पटक ‘कोशी विचार उत्सव’को आयोजना गर्दै छ । उत्सवमा फाल्गुन १५, १६ र १७ गतेसम्म चल्ने फाउन्डेशन अध्यक्ष वरुण झाले प्रेस विज्ञप्ति मार्फत बताएकाे छ ।

खुल्ला संवाद र सहकार्य प्रवद्र्धनका लागि विरानगरस्थित हिमालय रोडमा हुन लागेको उक्त कार्यक्रममा सबैले आ-आफ्ना विचार र धारणा राख्न र साेदन पाउने उक्त विचार उत्सवको आयोजना गर्न लागेको उनले बताए । यस कार्यक्रममा सरकारको नीति, संस्कृति, व्यवसाय व्यवस्थापन, शिक्षा, स्वास्थ्य र वातावरणलगायतको विषयमा केन्द्रित रहेर विचारहरुको खुल्ला वहस र सामूहिक समाधानका उपायहरुको खोजी गरिने झाको भनाइ रहेको छ । 

सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रको विकासमा योगदान गर्नका लागि १६ वटा सेशनमा छलफल गर्नुका साथै साँझको समयमा मनोरञ्जनको क्षेत्रमार्फत कला संस्कृति क्षेत्रमा योगदान गर्न राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने झाले पत्रकार सम्मेलन मार्फत बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]