लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

भद्रपुर / झापाको भद्रपुरमा ठुलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनहुँ भानु नगरपालिका– १२ कवाजित निवासी २४ बर्षीय सुदिप बिक र सुनसरी रामधुनी नगरपालिका– ३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउनसुगर बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोलीले हिजो साँझ ६ बजे भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर– ३ मेचीपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा स्कुटरको ब्याट्री बक्सभित्र लुकाइछपाई राखिएको तीन वटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरूले ब्राउनसुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौँ पठाउन खोजेको बताइएको छ ।सशस्त्रले दुवै जनालाई ब्राउनसुगर, नगद १६ हजार ४१० रुपैयाँ, दुई थान मोबाइल र स्कुटरसहित आवश्यक कारबाही लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाएको छ ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]