समुदाय प्रहरी साझेदारी तथा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित आइतबार, फाल्गुण १८, २०८१

दुहबी / दुर्घटना न्यूनिकरणको लागि   ट्राफिक प्रहरी  पोस्ट दुहबी सक्रिय  भएको छ ।

ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला ट्रफिक प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत आफ्नो  सक्रियता देखाएको हो ।सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १२ बुग्डहरीमा रहेको केशलिया ईग्लिस बोडिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ ।प्रिन्सिपल सन्जु बन्जराले ट्राफिक प्रहरीसँगको सहकार्यमा १ देखी ८कक्षासम्मका विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम बिराटनगर चिमडि सडक खण्ड पर्ने शुक्रबारे बजार रोडमा डेमु सहितको प्राटिकल
जनचेतनामूलक कार्यक्रम  गरिएको जानकारी दिए । उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक चिन्ह, दुर्घटनाको जोखिम न्यूनीकरणका उपायहरू, नियम उल्लंघन गर्दा हुने दण्ड सजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विषयहरूमा आवश्यक जानकारी दिइएको थियो ।

ट्राफिक प्रहरी पोस्ट दुहबी र शुक्रबारे प्रहरी चौकीको सहकार्यमा कार्यक्रम गरिएको जानकारी बन्जराले दिए । ट्राफिक प्रहरीले निजी तथा सरकारी स्कुलमा ट्राफिक नियम सम्बन्धी तालिम दिने गरेको छ ।प्रिन्सिपल सन्जु बन्जाराका अनुसार ट्राफिक प्रहरी पोस्ट दुहबी ,शुक्रबारे प्रहरी चौकीका ट्राफिक सुन्दर चर्मकार र प्रहरी हवल्दार शिव बहादुर कटुवाल सहितको टोलीले विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराएको हो । ट्राफिक प्रहरीले विद्यार्थीलाई श्रव्यदृश्य सामग्रीसहित प्रशिक्षण दिने गरेको छ ।ट्राफिक प्रहरी पोस्ट दुहबीका इन्चार्ज एवं सइ सुन्दरश्याम पोखरेलले विद्यार्थी लक्षित ट्राफिक कक्षा सञ्चालन गर्ने गरिएको बताए । ‘सवारी दुर्घटना दिन प्रतिदिन बढ्दो छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यार्थीलाई प्रशिक्षण दिने गरिएको हो,’ उनले भने ।

दुहबी र गढि गाउँ पालिकामा रहेका सामुदायिक र निजी विद्यालयमा विद्यार्थी लक्षित प्रशिक्षणलाई तीव्र पारिएको पोखरेलले बताए । जनचेतनामूलक सन्देशलाई विद्यार्थीमार्फत समुदायमा पुर्याउन सहज हुने ट्राफिकको बुझाइ छ । जनचेतनामूलक कार्यक्रममा  पत्रकार चन्दन रौनियार ,शिक्षक / शिक्षिका लगायत  बिधार्थिहरुको उल्लेखनीय उपस्थित रहेको थियोे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]