विरिङ पुलबाट आवतजावत बन्द, हुलाकी मार्ग अवरुद्ध

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

झापा / झापा गाउँपालिकाको पन्थापाडामा रहेको बिरिङ पुलमा आवतजावत बन्द गरिएपछि हुलाकी मार्ग अवरुद्ध हुने भएको छ ।

यही फागुन २९ देखि आगामी चैत २८ गतेसम्म बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत बन्द गरिने भएको हो । झापा गाउँपालिकाले आज एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयको च.नं. ७६३४, मिति २०८१–११–२६ को प्राप्त पत्र अनुसार मेची–रतुवा सडकस्थित झापा गाउँपालिका वडा नं ५ (पश्चिमतर्फ) र बाह्रदशी गाउँपालिका वडा नं २ (पूर्वतर्फ) सीमामा रहेको विरिङ खोलाको केही बियरिङहरु परिवर्तन गरि नयाँ बियरिङहरु राख्नु पर्ने भएकोले करिब एक महिना बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत कार्य बन्द हुने जानकारी गराएको छ ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]