हलेसी महिला सशक्तिकरण सेवा केन्द्रद्वारा होली मिलन कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बिहिबार, फाल्गुण २९, २०८१

बिराटनगर / हलेसी महिला सशक्तिकरण सेवा केन्द्रद्वारा होली मिलन कार्यक्रम २०८१ उल्लासमय वातावरणमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सीता बरालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार कुमोद अधिकारी, वरिष्ठ पत्रकार तथा संस्थाका सल्लाहकार भोजराज घिमिरेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कमला डंगोल, सचिव कुमारी अधिकारी, कोषाध्यक्ष राजेश्वरी कार्की, सह-सचिव संगिता पोखरेल (उपाध्याय) तथा संस्थाका अन्य सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

संस्थाका अध्यक्ष सीता बरालले होली पर्वले नेपाली समाजमा रंग, उमंग, हर्षोल्लास र भाईचाराको भावना फैलाउने बताएँ। उनले यस पर्वले विविधतामा एकता कायम गर्दै मेलमिलाप, सहिष्णुता र आपसी सद्भावलाई अझ सशक्त बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष राजेश्वरी कार्कीले राखेकी थिइन् भने सञ्चालन सह-सचिव संगिता पोखरेलले गरेकी थिइन्। उपस्थित सबैले रंगहरूका साथ खुसी साटासाट गर्दै पर्वको उल्लास साझा गरेका थिए।

हलेसी महिला सशक्तिकरण सेवा केन्द्रद्वारा आयोजित यस्तो कार्यक्रमले महिला नेतृत्वको भूमिकालाई सशक्त बनाउँदै सामाजिक एकता र समावेशितालाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]