कोशी प्रदेश ब्रह्मर्षि समाजको नयाँ कार्यसमिति गठन, रामचरित्र पाण्डेय अध्यक्ष चयन

Logo
भाेजराज घिमिरे / माेरङ्ग प्रकाशित बिहिबार, फाल्गुण २९, २०८१

विराटनगर / कोशी प्रदेश – कोशी प्रदेश ब्रह्मर्षि समाजको साधारण सभा तथा होली मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सर्वसम्मत निर्णय गर्दै रामचरित्र पाण्डेय को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

कार्यक्रममा ब्रह्मर्षि समाज केन्द्रीय कार्यालय जनकपुरधामका अध्यक्ष डा. विजय कुमार चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा समाजका उपाध्यक्ष अभिराम ठाकुर, सचिव शत्रुधन ठाकुर, कोषाध्यक्ष दिपेन्द्र ठाकुर तथा कोशी प्रदेशका विभिन्न महानुभावहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा नवगठित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो। समाजका पदाधिकारीहरूले आगामी दिनमा समुदायको विकास, एकता र सामाजिक उत्थानका क्षेत्रमा योगदान दिने प्रतिबद्धता जनाए।

साथै, होली पर्वको अवसर पारेर आयोजित यस कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरूबीच रंग तथा उल्लासमय वातावरणमा होली पर्वको शुभकामना आदानप्रदान गरिएको थियो।

सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]