समुदाय प्रहरी साझेदारी तथा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित मंगलबार, चैत्र ०५, २०८१

दुहबी / दुर्घटना न्यूनिकरणको लागि  नेपाल  प्रहरी साझेदारी कार्यक्रम मार्फत ईलाका प्रहरी कार्यालय दुहबी र ट्राफिक प्रहरी  पोस्ट दुहबी सक्रिय  भएको छ ।

ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला दुहबी प्रहरी दुहबी ट्रफिक प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत संयुक्तरूपमा आफ्नो  सक्रियता देखाएको हो ।सुनसरीको दुहबी नगरपालिका वडाहरुमा साथै
ईलाका प्रहरी दुहबीका मातहतका पालिका दुहबी ,गढि गाउँ पालिका छिटहाका बजार ,चौक ,बिधालयमा
नेपाल  प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

हर प्रहर,गाउँ र नगरी टोलटोलमा नेपाल प्रहरी समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सवारी दुर्घटना न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय दुहबीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुहबी ट्राफिक  कार्यालय संग समन्वय गरि ट्राफिक नियम पालना गरी यात्रुहरुलाई जनचेतनामूलक पर्चा पम्पलेट वितरण , पैदल यात्री , निजी तथा सामुदायिक बिधालयहरुमा अभियान  सुरु गरिएको छ। तपाईंको सुरक्षा हाम्रो सरोकार’ अभियान अन्तर्गत  मोटरसाइकल/ स्कुटर प्रयोगकर्ताहरुलाई सवारी दुर्घटनाका कारणहरु र मोटरसाइकल स्कुटर चलाउदा ध्यान दिनु पर्ने कुराहरु बारेमा जानकारी गराइएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । त्यसै गरि
गढि गाउँ पालिका वडा न.४मा रहेको श्री फौदारस्थान आधारभुत बिधालय छिटहामा ट्राफिक  सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

बिधालयका प्रअ  जगतलाल चौधरीले इप्रका दुहबी र ट्राफिक प्रहरीसँगको सहकार्यमा १ देखी ८कक्षासम्मका विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम लागुअोषद ,साइबरक्राइम ,आत्महत्या नियुनिकरण ,ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम ट्राफिक प्रहरी पोस्ट दुहबी र दुहबी ईलाका मातहत रहेको छिटहा प्रहरी चौकीको सहकार्यमा कार्यक्रम गरिएको जानकारी चौधरीले दिए ।ट्राफिक प्रहरी पोस्ट दुहबीका इन्चार्ज एवं सइ सुन्दरश्याम पोखरेलले विद्यार्थी लक्षित ट्राफिक कक्षा सञ्चालन गर्ने गरिएको बताए । ‘सवारी दुर्घटना दिन प्रतिदिन बढ्दो छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यार्थीलाई प्रशिक्षण दिने गरिएको हो,’ उनले भने ।

दुहबी र गढि गाउँ पालिकामा रहेका सामुदायिक र निजी विद्यालयमा विद्यार्थी लक्षित प्रशिक्षणलाई तीव्र पारिएको पोखरेलले बताए । जनचेतनामूलक सन्देशलाई विद्यार्थीमार्फत समुदायमा पुर्याउन सहज हुने ट्राफिकको बुझाइ छ । जनचेतनामूलक कार्यक्रममा  छिटहा चौकी प्रमुख बरिस्ठ सई प्रेम बहादुर राउत ,
पत्रकार चन्दन रौनियार ,शिक्षक / शिक्षिका ,सर्वसाधारण
लगायत  बिधार्थिहरुको उल्लेखनीय उपस्थित रहेको थियोे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]