दीक्षा धाडेवा: स्वतन्त्र विद्यार्थी संघ चुनाव २०८१ मा कोषाध्यक्ष पदमा ऐतिहासिक जित

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शनिबार, चैत्र ०९, २०८१

बिराटनगर / बिराटनगर डिग्री क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) चुनाव २०८१ मा दीक्षा धाडेवा ले कोषाध्यक्ष पदमा ऐतिहासिक जित हासिल गरेकी छिन्। अखिल (क्रान्तिकारी) की उम्मेदवार धाडेवाले आफ्ना प्रतिस्पर्धीलाई १६ मतको अन्तरले पराजित गर्दै विजय प्राप्त गरेकी हुन्।

उनको यो जित व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन, यो विद्यार्थी राजनीतिमा नयाँ उदाहरण बन्न सफल भएको छ। मारवाडी समुदायबाट स्ववियु चुनाव जित्ने उनी एक मात्र उम्मेदवार बनेकी छिन्, जसले उनको नेतृत्व क्षमता, संघर्षशीलता, र विद्यार्थीहरूप्रति समर्पणलाई पुष्टि गरेको छ।

स्ववियु चुनावमा मारवाडी समुदायको प्रतिनिधित्व गर्दै उनले विद्यार्थी राजनीतिमा समावेशीकरण र विविधता बढाउने दिशामा योगदान पुर्‍याएको विद्यार्थी नेताहरूको भनाइ छ। यस जितपछि दीक्षा धाडेवाले सबै विद्यार्थीहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

बिराटनगर डिग्री क्याम्पसमा सम्पन्न यो चुनाव विद्यार्थीहरूको लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उदाहरण बनेको छ। विभिन्न विद्यार्थी संगठनहरूले आ–आफ्नो उम्मेदवारलाई समर्थन गर्दै प्रतिस्पर्धा गरेका थिए, जसमा अखिल (क्रान्तिकारी) की धाडेवालाई विद्यार्थीहरूले कोषाध्यक्ष पदका लागि विजयी बनाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]