इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, उद्धार कार्य जारी

Logo
भोजराज घिमिरे प्रकाशित बुधबार, चैत्र १३, २०८१

इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, उद्धार कार्य जार

इटहरी, सुनसरी – इटहरी उपमहानगरपालिका–६ मा रहेको व्यावसायिक भवन सेन्टर प्लाजामा आज बिहान भीषण आगलागी भएको छ। प्रहरीका अनुसार आगलागी बिहान करिब ९:४५ बजे भवनको पाँचौं तलाबाट सुरु भएको हो।

स्थानीय र प्रहरीले दिएको जानकारी अनुसार, आगलागी सुरु भएको फ्ल्याटमा होटल बरन्डा सञ्चालनमा थियो। आगो तीव्र रूपमा फैलिँदा माथिल्लो तलामा रहेका व्यक्तिहरू फसेका छन्। उनीहरू उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा समस्या, उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन
इटहरी नगरपालिकासहित दुहबी, बराहक्षेत्र, र रामधुनी नगरपालिकाका दमकलहरू आगो नियन्त्रणका लागि खटिएका छन्। आगो नियन्त्रण गर्न कठिनाइ भएपछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर समेत परिचालन गरिएको छ।

प्रहरीका अनुसार, आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। तर, घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वारुण यन्त्रका कर्मचारी र स्थानीय बासिन्दाहरू संयुक्त रूपमा उद्धार तथा आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

क्षतिको विवरण आउन बाँकी
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। तर, आगो थप फैलिन सक्ने भएकाले ठूलाे जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]