“सिप सिकौं, आत्मानिर्भर बनौं” नारासहित साझा प्रयास नेपालद्वारा १० दिने महिला उद्यमशीलता तालिम सम्पन्न

Logo
भोजराज घिमिरे प्रकाशित बिहिबार, चैत्र १४, २०८१

  • “सिप सिकौं, आत्मानिर्भर बनौं” नारासहित साझा प्रयास नेपालद्वारा १० दिने महिला उद्यमशीलता तालिम सम्पन्न
    – भोजराज घिमिरे-
    विराटनगर, चैत १४– “सिप सिकौं, आत्मानिर्भर बनौं” भन्ने नाराका साथ साझा प्रयास नेपाल (Common Effort Nepal) ले विराटनगरमा १० दिने वनस्पतीजन्य हस्तकला महिला उद्यमशीलता तालिम सम्पन्न गरेको छ। विराटनगर महानगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा सञ्चालन भएको तालिम चैत ३ देखि चैत १३ सम्म सञ्चालन गरिएको थियो।
    तालिममा सहभागी १५ महिलालाई प्रमाणपत्र प्रदान गरिएको छ। प्रशिक्षक सुनिता छाराङ्ग र पुष्पा कार्कीले सहभागी महिलाहरूलाई हस्तकला तथा वनस्पतीजन्य सामग्री उत्पादनसम्बन्धी व्यावहारिक प्रशिक्षण दिएका थिए।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी रहेका थिए। विशिष्ट अतिथिको रूपमा कोशी प्रदेशका पूर्व न्यायधिवक्ता रूपेश कोईराला तथा एबिसी नेपाल तथा एनजीओ फेडरेशनकी अध्यक्ष विष्णु शर्मा को उपस्थिति थियो। साथै, साझा प्रयास नेपालका सल्लाहकार जनार्दन राम निरौला, टोल विकास समितिका अध्यक्ष समाजसेवी अशोक राज बिष्ट, समाजसेवी सचिन पोखरेल र डागध्वज कार्की, वडा नं. ७ का सचिव राम बराल , साझ प्रयास नेपाल का कर्यासमिति लगायत अन्य अतिथि उपस्थित थिए।

कार्यक्रममा साझा प्रयास नेपालकी कोषाध्यक्ष पुष्पा कार्कीले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव इन्दिरा दाहालले गरेकी थिइन्। तालिम समापन कार्यक्रमको सभापति साझा प्रयास नेपालकी अध्यक्ष आशा खड्का खत्री थिइन्।
महिला उद्यमशीलता र स्वरोजगारमा टेवा
सहभागी महिलाहरूले यो तालिमले आफूहरूलाई स्वरोजगार बन्न र आत्मनिर्भर हुन ठूलो सहयोग पुगेको बताए। तालिमपछि आफूहरूले व्यवसाय सुरु गर्ने सोच बनाएको उनीहरूको भनाइ छ। आयोजक संस्थाका अनुसार, महिलाहरूले प्राप्त सीपलाई आयआर्जनमा बदल्न सकेमा उनीहरूको आर्थिक अवस्था सुधार हुनेछ र समाजमा महिला सशक्तिकरणको उत्कृष्ट उदाहरण बन्नेछ।

संस्थाले आगामी दिनमा थप व्यावहारिक ज्ञान दिने, उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्ने, र महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन निरन्तर सहयोग गर्ने योजना बनाएको जनाएको छ।
निष्कर्ष
यो तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा उपस्थित वक्ताहरूले यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए। आत्मनिर्भर महिलाहरूले सिपलाई व्यवसायमा बदल्न सकेमा समाजमा सकारात्मक परिवर्तन ल्याउने र आर्थिक रूपमा सशक्त हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]