इलाममा ससुराले बन्चरो प्रहार गरी ज्वाइँलाई

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बुधबार, चैत्र २०, २०८१

झापा / इलाममा ससुराले बन्चरो प्रहार गरी ज्वाइँलाई घाइते बनाएका छन् ।

आज बिहान ११ बजे इलाम नगरपालिका– १२ साङरुम्बा बस्ने ८८ वर्षीय अम्बरसिंह लिम्बूले आफ्नै ज्वाइँ ५० वर्षीय कृष्ण जवेगुलाई बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहार गर्नुपर्ने कारण खुलिसकेको छैन ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलामतर्फ पठाइएको छ । टाउकोमा चोट लागेका घाइतेको अवस्था गम्भीर रहेको छ । बन्चरोसहित बन्चरो प्रहार गर्ने वृद्ध लिम्बूलाई प्रहरी चौकी गोलाखर्कले नियन्त्रणमा लिएको छ ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]