गायन क्षेत्रमा पिंकी राजवंशीकाे उदयमान भबिस्य

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बुधबार, चैत्र २०, २०८१

विर्तामोड / पिंकी राजवंशीलाई आफ्नै तरीकाले पनि हेर्न सकिन्छ । उनी निरन्तर शास्त्रिय र आधुनिक संगीतको गायन विधामा आफुलाई उतिकै पोख्त सावित गर्दै गायन यात्रामा सक्रिय रुपमा लागि परेकी छिन् ।

नेपाली संगीत गायनमा विगत डेढ दशक बढी समयदेखी रमाउँदै आएकी प्रतिभाको रुपमा गायिका पिंकी राजवंशीलाई चिन्न सकिन्छ । आकर्षक व्याक्तित्व र सरल स्वभाव सफा मन सुन्दर तन उनको परिचयात्मक पाटो हो भने गायन उनको रुचिको बिषय ।शास्त्रीय संगीतमा गहिरो अनुभव बटुलेकी राजवंशी बाल्यकालदेखि संगीतमा रुचि राख्ने पिंकीलाई भने यस क्षेत्रमा थप प्रोत्साहन र उर्जा थप्ने काम चाही उनकै बुबा प्रदीप कुमार राजवंशीले गरेका थिए ।

झापाको विर्तामोडमा स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी गुरुकुल संगीत पाठशालामा आफ्नो संगीतको ज्ञान बुटुलिइरहेकी छिन् ।१० वर्ष अघि आमा जानकी देवी राजवंशी र करिब ६ वर्ष अघि बुबा प्रदीप कुमार राजवंशी गुमाएकी गायक पिंकी हाल हजुरआमा धनसरी राजवंशी र सानीआमा रेखा राजवंशीको संरक्षणमा सांगीतिक यात्रालाई भने जारी राखेकी छिन् । झापा गाउँपालिका वार्ड नं. २ , कुवाडी घर भएकी पिंकीलाई झापा बजारमै रहेको डिल्लीराज माविमा पढ्दै गर्दानै गायन क्षेत्रमा भूत सवार भइसकेको थियो । स्कुले जिवनमै गायन विद्यामा विभिन्न प्रतियोगितामा उनको प्रस्तुतीले दर्शकमाझ चर्चा बटुलिइसकेका थिए ।

विराटनगरमा भएको ‘नाच आइडल’ प्रतियोगितामा प्रथम रनरको उपाधि हासिल गरेपछि उनको सांगीतिक यात्रा झन सक्रिय हुदै गयो । उनले स्वागत करेछु, झुम्का, कमला, साथै ए दिल तुम विन कभर गीत गाएर संगीतप्रेमीबीच चर्चित मात्रै भइनन् उनको संगितिक यात्रा नेपालकै चर्चित संगीतिक शो भ्वाइस अफ नेपालमा पुग्यो । ‘संगीतिक क्षेत्रमा केही गर्छु भनी लाग्या छु’, गायक पिंकीले थपिन् – ‘ संघर्ष जारी छ’ ।संगीतको शौख रहेर आफनो बाचामा तल्लिन बनेकी पिंकीका सिर्जनामा संस्कार सस्कृति र मौलिक पनको आभास पाइन्छ । ग्रामिण परिवेशमा सामान्य परिवारमा जन्मिएर पनि संगीत प्रतिको मोह र गायनको मोहले उनको सांगीतिक यात्रा छिट्टै गन्तव्यमा पुग्ने संकेतहरु देखा परेका छन् । ए दिल तुम विन कभर

यस समाचार काेचिला न्यूज अनलाइन पत्रिकाबाट साभार गजरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]