६८औं राष्ट्रिय सहकारी दिवस विराटनगरमा भव्य रूपमा सम्पन्न

Logo
भोजराज घिमिरे प्रकाशित बुधबार, चैत्र २०, २०८१

६८औं राष्ट्रिय सहकारी दिवस विराटनगरमा भव्य रूपमा सम्पन्न .. भोजराज घिमिरे
चैत्र २० -विराटनगर, औं राष्ट्रिय सहकारी दिवस विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। विराटनगरमा आयोजित विशेष समारोहमा विभिन्न कार्यक्रमसहित सहकारी दिवस मनाइएको हो।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरे। उनले मोरङ जिल्लामा ४० प्रतिशतभन्दा बढी जनसंख्या सहकारीमा आबद्ध भएकाले सहकारी नै जीवनशैलीको अभिन्न हिस्सा भएको बताए। साथै, सहकारीको गतिविधिमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै, बहुउद्देश्यीय सहकारीहरूलाई बिना ब्याज लगानी गर्न सरकार तयार रहेको उल्लेख गरे।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सहकारीसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै कुनै पनि उद्योगको प्रवर्द्धनका लागि सरकार हातेमालो गर्न तयार रहेको बताए। उनले ब्याज अनुदान दिने प्रक्रिया अघि बढेको उल्लेख गर्दै, उद्यमशीलता विकासका लागि प्रदेश सरकारले स्विस सरकारसँग मिलेर साना तथा मझौला उद्योगहरूलाई रु. ५०,००० देखि माथि बिना धितो लगानी गर्ने तयारी गरिरहेको जानकारी दिए।
“झोलामा परियोजना बोकेर हिँड्नेहरूलाई हामी लगानी दिनेछैनौँ, तर काम गर्नेलाई प्रोत्साहित गर्नेछौँ,” उनले भने। मुख्यमन्त्री कार्कीका अनुसार प्रति उद्योग रु. ३ करोडका दरले ६ अर्ब लगानी गर्न लागिएको छ, जसले प्रदेशको औद्योगिक क्षेत्रलाई ठूलो टेवा दिने विश्वास उनले व्यक्त गरे।
उनले प्रदेश सरकारले थुप्रै विकास परियोजनाहरू ल्याएको उल्लेख गर्दै, राम्रो कामको मूल्यांकन हुनुपर्ने र सरकार सुधारमुखी यात्रामा रहेको बताए। साथै, सहकारी संस्थाहरूले पर्यटन क्षेत्रमा पनि योगदान गर्नुपर्ने धारणा राख्दै, प्रदेश सरकारले पहाडी भेगलाई चलायमान बनाउन काम गरिरहेको जानकारी दिए। उनले आगामी दिनमा २ लाख मानिसलाई रोजगारी दिने योजना रहेको बताए।

कार्यक्रममा उत्कृष्ट सहकारी अभियन्ता माधव अत्री र विष्णु ओझालाई सम्मान गरिएको थियो। सप्ताहव्यापी रूपमा आयोजना गरिएको सहकारी दिवस विभिन्न सांस्कृतिक कार्यक्रम र नगर परिक्रमा सहित सम्पन्न भएको थियो। कंचनजंघा पार्टी प्यालेसमा आयोजित समापन कार्यक्रममा ५०१ सदस्यीय मूल समारोह समितिको संयोजनमा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रमको सभापतित्व मूल समारोह समिति संयोजक डा. डिल्ली पोखरेलले गरेका थिए।कार्यक्रम सन्चालन हलमंच व्यवस्थापन उपसमिति – संयोजक राकेश दाहाल ले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]