राजतन्त्र र गनतन्त्रले देश बन्दैन

Logo
संजय कुमार राजवंशी प्रकाशित शनिबार, चैत्र २३, २०८१

नेपालमा गनतन्त्र, लोकतन्त्र, राजतन्त्र र संघियता जेसुकै तन्त्र अएपनि नेपाली नागरिक सक्ष्म हुन जरुरी छन् । तन्त्रले विधि मात्रै सृजना गर्ने हो । तन्त्र जेसुकै होस तर नागरिकको सोच, विचार र दृष्टिकोण कस्तो हुनुपर्छ र अहिलेको जनताले कसरी यी सब विषय वस्तुलाई सोचदछन् भने नै हो । मानव जातिले भगवानको पुजापार्ठ दैनिकी गर्दछन तर अपराध र अनुसाशन हिन भएकै मानव जाति हो । र यी राजतन्त्र, गनतन्त्र र लोकतन्त्र सबै विषय वस्तु म, हामी र तपाईँ हेर्दै आइरहेका छौँ पनि । तन्त्रले केही सिस्टम मिलाउने सहयोग गर्दछन् तर त्यो सिस्टम म, हामी र तपाईँ नै चलाउने हो नकि तन्त्रले आफै चल्दछन् । त्यसैले भएपनि मानव जातिको सोच कस्तो छ भन्ने नै हो । यसो भनिरहदा तन्त्र केही पनि होइन भन्ने पनि होइन तर तन्त्र आफै नचल्ने भएकोले तन्त्र चलाउने गुरु जी अथवा सही र सक्ष्म कुशल नेतृत्व हुन जरुरी छन् ।

अर्को अर्थमा हेर्दा देश चलाउने पहिलो व्यत्ति देखि न्यून स्तरको सर्वसाधारण जनता सहि अर्थमा सक्ष्म नागरिक हुन जरुरी छन् जुन विषय वस्तु हामी प्रत्येक दिन हेर्ने गरेका छौँ पनि । र आफनो अधिकार लिन सक्ष्म हुन जरुरि पनि छन् । नेपाली सक्ष्म पढेलेखेका नागरिकले सत प्रतिशत आफनो अधिकार लिन र सहज रुपले पाउन सकियो भने मात्रै यो देश र जनताको जीवन सफल र सम्पन हुन सक्दछन् । न्यून आय स्तरको जनता दैनिकी रोजीरोटीमा व्यस्त भएपनि पढेलेखेका जनताले यस विषयमा अग्रसरता देखाउन एकदमै जरुरि छन् । तर यहाँका नेपाली सक्ष्म नागरिक रोजीरोटीको लागी विदेश जानैपर्ने आर्थिक अभाव र देशको खस्कीदो आर्थिक अवस्थाले सक्ष्म नेपाली जनता बाध्य छन् ।

नेपालमा जुनसुकै तन्त्र आएपनि बैज्ञानिक तथा बौद्घिक रुपले सरकार र जनता आर्थिक, प्राकृकि रुपमा सम्पन हुन सकनुपर्छ । यो देशमा दैनिकी यूवाहरु रोजगारि अभाव तथा योग्यताको आधारमा रोजगारि व्यवस्थापन नहुनुले विदेश पलायन हुनु एक किसिमको स्वभाविक विषय वस्तु नै हो । जहाँ विद्मार्थि पढेलेखेर रोजगार तथा आधारभुत आव्शयत्ता पुरा गर्न नसकेपछि बाध्य भएर विदेश जानुपरेको भनेर सामाजिक सञ्जालमा दैनिकी हामी र तपाईँ हेरिरहेको अवस्था पनि छ ।

यो तन्त्र, यो वाद र त्यो वादले देश र जनता आर्थिक रुपले सक्ष्म हुदैनन् । जनता आफै कुरा बुझन र आफनो अधिकार लिन सक्नुपर्ने हुन्छ । नेपालको संविधानले प्रत्येक नागरिकको अधिकार श्ुनिष्चित गरिएको छ । आफनो पालिका तथा आफनो क्षेत्रमा के कस्तो योजना र कामहरु भइरहेको छ भनी थाहा पाउनुपर्छ । हिसाब किताब गर्ने जस्ता कार्यहरु अनिवार्य रुपले गर्नैपर्नेहुन्छ । अधिकाँश पालिका तथा मन्त्रालयमा फोन गरि सुचना मागदा र सोददा मात्रै ठेकोदार तथा माफियाहरुले केहि विषय वस्तुको हिसाब किताब मागदछन् यस विषयमा नेपाली जनता स्वयम सक्ष्म हुन जरुरि छन् तर यहाँ प्राय नेपाली सर्वसाधारण रोजीरोटिमै व्यस्त छन् । र विभिन्न कम्पनिको एजेन्टहरु पालिका ÷ पालिका धाएर बजेट मात्रै खर्च गरि कसरि सकिन्छ भनेर दिनरात पालिका र मन्त्रालय धाउने गरेको तपाईँ र तपाईँको कार्यालय तिर प्रष्ट रुपले हेर्न सकनुहुन्छ ।

नेपालको संविधानले प्रत्येक नागरिकको कानुनी अधिकार शुनिष्चित गरेपनि नेपाली जनता यस विषयमा बेखबर तथा सो कुराको आफुमा सक्ष्मता देखाउन नसकेकै हो । तपाईँको बजेट तपाईँको घर अगार्डि भएपनि जनता थाहै नपाए जस्तो देखिन्छन् ।

राजतन्त्र, लोकतन्त्र र गनतन्त्र अवस्था भोली भविष्यमा जेसुकै आएपनि जनता लगायत देश सञ्चालन गर्ने व्यक्ति सहि सोच भएको नभए कुनै तन्त्रले काम गर्न सक्दैनन् । जनता सचेत नभए गास, वास, कपास, शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ भनेर दिनरात कराई रहन्छन् र तन्त्रको भाषण बाजी नेतृत्वले दिइरहेको हुन्छन् भविष्यमा जहिल्यै पनि ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]