कोशी प्रदेश पर्यटन वर्ष २०८२ को भव्य शुभारम्भ, समृद्धि र विकासको नयाँ यात्रा सुरु

Logo
भोजराज घिमिरे प्रकाशित बिहिबार, चैत्र २८, २०८१

तेह्रथुम, चैत २८ – कोशी प्रदेश सरकारले समृद्धि, विकास र पर्यटन प्रवर्द्धनको दीर्घकालीन लक्ष्यसहित ‘प्रदेश पर्यटन वर्ष २०८२’ को भव्य रुपमा औपचारिक शुभारम्भ गरेको छ। तेह्रथुमको लालिगुराँस नगरपालिका–६ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य आरआर गार्डेनमा आयोजित विशेष कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा पर्यटन वर्ष उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा मन्तव्य दिंदै मन्त्री सिंहले पर्यटन वर्ष घोषणा कोशी प्रदेशको लागि ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै भने, “धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनको अपार सम्भावना बोकेको यो प्रदेशको समुचित विकासले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउन सक्छ।”
उनले भारतलगायत छिमेकी मुलुकबाट पर्यटक भित्र्याउने रणनीतिमा विशेष ध्यान दिनुपर्ने बताए। साथै, संघीय संरचनाको कार्यान्वयनमा देखिएको नकारात्मक धारणा प्रति आपत्ति जनाउँदै समन्वयात्मक विकासमा सबैको भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश पर्यटन वर्ष मूल आयोजक समितिका अध्यक्षका हैसियतले कार्यक्रममा सम्बोधन गर्दै, “कोशी प्रदेशलाई नमुना प्रदेशको रूपमा विकास गर्दै राष्ट्रिय पूँजी निर्माण र समृद्धि हासिल गर्ने हाम्रो प्रमुख लक्ष्य हो,” भने।
उनले पर्यटन पूर्वाधारको विकास, स्थानीय तहको सहकार्य, सुरक्षा निकाय र सरकारी संयन्त्रको जिम्मेवार व्यवहारमार्फत पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई संवाद र वार्तामार्फत बन्द–हड्तालमुक्त बनाउने प्रयास जारी रहेको जानकारी दिँदै, ऊर्जा, जलविद्युत र जडिबुटीको क्षेत्रमा समेत प्रदेश सरकारले ध्यान दिने उल्लेख गरे।
प्रदेश सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यस अभियानमार्फत हसिना सिमसार, बर्जु ताल, नाम्जे, ध्वजे डाँडा, मैयुङ डाँडा, साल्पा पोखरी, गुफा पोखरी, ह्यातुङ्ग झरना, रुपाकोटा डाँडा र रौता पोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रचार–प्रसार गरिनेछ।

कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश र संघीय सरकारका मन्त्रीहरू, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायी, भारतबाट आएका पाहुना तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]