अपाङ्गता भएका व्यक्तिहरुकाे खाेजी कार्यक्रम

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

विराटनगर / काेशी प्रदेशका अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभाको खाेजी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि मिति २०८२ बैशाख ७ गतेसम्म आवेदन पठाइ सक्ने समय रहेको छ ।

“कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवसायिकताले वढाउनेछ आय र आत्मसम्मान” भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेशको आयोजना, करुणा फाउन्डेसन नेपाल र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायहरुको संयुुक्त सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुमा अन्तरनिहित प्रतिभाको पहिचान, प्रोत्साहन र व्यवसायिक गर्ने उद्देश्यले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभाको खोज कार्यक्रम सञ्चालन गर्न लागिएको छ।

दुर्भाग्यवश, अपाङ्गता भएका व्यक्तिहरु अवसर नपाएर अरूको भरमा कठिन जीवनयापन गर्न वाध्य छन् । अनुकूल वातावरण र अवसर आफ्नो सीप, कला र योग्यता प्रस्तुत गरी परिवार, समाज र राष्ट्रलाई गौरवपूर्ण योगदान गर्न सक्नेछन् ।

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (CRPD), २००६ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र सक्षम बनाई समावेशी र समतामूलक समाजको परिकल्पना गरेका हाे ।

यस कार्यक्रम अन्तर्गत कोशी प्रदेशभरका अपाङ्गता भएका व्यक्तिहरुको कविता वाचन, वक्तृत्वकला, संगीत तथा गायन, अभिनय/क्यारिकेचर, नृत्य, चित्रकला, हस्तकला, नवप्रवर्द्धन (इनोभेसन) लगायत ९ विधामा प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ ।

यस सन्दर्भमा प्रदेश सरकार, स्थानीय सरकार, संघ-संस्था, नागरिक समाज, सञ्चार माध्यम, बुद्धिजीवी, राजनैतिक दल तथा सम्पूर्ण सहयोगी मनहरूलाई सूचना सम्प्रेषण तथा आर्थिक, भौतिक एवं प्राविधिक सहयोगका लागि सबै निकायलाई राष्ट्रिय अपाङ्ग महासंघ अनुरोध गरिएकाे हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]